पार्किङ निषेधको विरोधमा दोस्रो दिन पनि आन्दोलनमा न्युरोडका व्यापारी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।
‘व्यवसायमा सङ्कुचन आएको यस समयमा पार्किङ निषेध गरिएको कदमले यहाँका स्थानीय तथा व्यापार व्यवसायी र सेवाग्राहीहरू निराश भएका छन् सो निर्णयले भोलिका दिनमा थप समस्या सिर्जना गर्ने निश्चित छ। काठमाडौँ महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरूप ‘रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि भनी रहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायहरू पलायन हुन बाध्य हुनेछन् भने लाखौं व्यापारिक वर्ग तथा सोही स्थानमा कार्यरत व्यक्तिहरू बेरोजगार हुनेछन् ।
देशकै प्रमुख व्यवसायीक केन्द्र नयाँ सडक (न्युरोड) को व्यापार व्यवसाय धराशायी हुँदा स्वयम् काठमाडौँ महानगरपालिकाको राजश्व सङ्कलनमा पनि कमी र बाधा हुनुका साथै नेपाल सरकारको अधिकतम राजश्व सङ्कलन हुने यस क्षेत्रबाट राजश्व सङ्कलनमा पनि कमी आउने छ” आन्दोलनरत व्यापारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधवार उनीहरूले सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू बन्द गरी न्युरोड जुद्ध सालिकमा भेला भई विरोधसभा आयोजना गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला