पुलिसका बलरसामु निरीह बन्यो मधेश प्रदेश, जितका लागि ९७ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा मधेश प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि ९७ रनको लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रनमात्र बनाउन सक्यो । मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान प्रभावकारी देखिएनन् ।
ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । मधेश प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गरी चार चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अरनिको यादबले १८ रन बनाए । उनले १५ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
छैटौँ नम्बरका ब्याट्सम्यान अरनिको यादबले पनि २३ रन बनाए । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । तल्लोक्रमका ब्याट्सम्यान अभिषेक तिवारीले अविजित ११ रन जोडे । उनले १९ बलमा एक छक्का प्रहार गरे ।
मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशका माथिल्लो क्रममा अधिकांश ब्याट्सम्यान क्रिज समाल्न आउने र लगत्तै पेभेलियन फर्कनेक्रम जारी रह्यो । ओपनर अनिल शाह एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
मयान यादब पनि पाँच रनमै पेभेलियन फर्किए । अनुभवी पवन सर्राफ पनि ६ रनको ब्यक्तिग स्कोरमै आउट भए । निरज यादबले चार रनमात्र बटुल्न सके । प्रदिप पासवान एक र रुपेश सिंह पाँच रनमा पेभेलियन फर्किए ।
मधेश प्रदेशले अतिरिक्त रुपमा १५ रन पायो । पुलिस क्लबका बलर सागर ढकाल एक्लैले पाच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । दीपेन्द्रसिंह ऐरीले पनि चार विकेट हात पारे । उनले पाँच ओभरमा दुई मेडन राख्दै केवल १२ रन खर्चिए । राशिद खानले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता