शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

नेपालगन्ज म्याराथनको ‘प्रोत्साहन कार्यक्रम’

बुधबार, १० माघ २०८०, ११ : १०
बुधबार, १० माघ २०८०

काठमाडौँ । नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले ‘प्रोत्साहन कार्यक्रम’ अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौँ धारा नेपालगन्ज म्याराथनका पदक विजेता खेलाडीलाई अन्य कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय बोर्ड बैठकले गरेको हो ।

सोही अनुरुप बंगलादेशको राजधानी ढाकामा माघ १२ गते हुने ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा पदक जित्ने नेपाली खेलाडीलाई पनि नेपालगन्ज म्याराथनले प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार, रजत पदक जित्नेलाई १५ हजार र कांस्य पदक जित्ने धावकलाई १० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने जानकारी नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले दिए ।

‘नेपालगन्ज म्याराथनमा पदक जितेका खेलाडीले विदेशी भुमिमा आयोजना हुने अन्य मान्यताप्राप्त म्याराथनमा पनि पदक जितेमा त्यस्ता खेलाडीलाई थप हौसला प्रदान गर्न यस वर्षदेखि प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय लिएका हौँ,’ अध्यक्ष ठकुरीले भने, ‘यसले खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा पनि गरेका छौं ।’

नवौँ धारा नेपालगन्ज म्याराथनमा पदक जितेका अधिकांस खेलाडीले नै ढाका म्याराथनमा अवसर पाएकोमा खुशी लागेको पनि अध्यक्ष ठकुरीले बताए । नवौँ धारा नेपालगन्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की, खडकबहादुर खड्का, किरणसिंह बोगटी र सन्तोष विक्रम बिष्टले क्रमशः शीर्ष चार स्थान हासिल गरेका थिए ।

यसैगरी महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ, फुलमती राना, पुष्पा भण्डारी र विन्द्रा धान्के श्रेष्ठले क्रमशः शीर्ष चार स्थान हासिल गरेका थिए । गोपीले भने ढाका म्याराथनमा सहभागिता जनाउन नसक्ने भएका छन् ।

बुवाको असामयिक निधन भएका कारण उनी ढाका म्याराथनबाट बाहिरिएका हुन् । उनलाई निकट भविष्यमा हुने लन्डन म्याराथनमा पठाउने तयारीमा नेपालगन्ज म्याराथनको आयोजक लागि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप