ओस्कार अवार्डको मनोनयनमा ओपेनहाइमरको वर्चश्व
काठमाडौँ । संसारमा सबैजना फिल्महरूको लागि सबैभन्दा लोकप्रिय र सम्मानित ओस्कार अवार्डको लागि पर्खिरहेका छन्। यो अवार्ड मार्च १० मा अमेरिकाको लस एन्जलिसमा आयोजना हुनेछ । यस वर्ष पनि कार्यक्रम जिम्मी किमेलले आयोजना गर्ने छन्।
९६ औं ओस्कार अवार्डका लागि मनोनयन घोषणा भएको छ । आयोजक ज्याजी बीट्ज र ज्याक क्वाइडले मनोनयन घोषणा गरेका छन् । जहाँ फिल्म ओपेनहाइमरले १३ वटा मनोनयन प्राप्त गरेको छ ।
फिल्म पुअर थिङ्स ११ मनोनयनमा परेको थियो । ड्रामा किलर्स अफ द फ्लावर मुनले १० र बार्बीले ८ मनोनयन प्राप्त गरेका छन् । यसपटक ओस्कार अवार्डका लागि भारतबाट कुनै पनि फिल्म सर्टलिस्ट गरिएको छैन ।
- उत्कृष्ट चलचित्रहरू
यस विधामा १० चलचित्रको नाम मनोनयनमा परेका छन् ।
ओपेनहाइमर
बार्बी
किलर्स अफ द फ्लावर मुन
पुअर थिङ्स
द होल्ड ओभर्स
एनाटमी अफ अ फल
माएस्ट्रो
द जोन अफ इन्ट्रेस्ट
पास्ट लाभ्स्
अमेरिकन फिक्सन
- सर्वश्रेष्ठ निर्देशक
यस विधामा ५ जना निर्देशकको नाम छ
क्रिस्टोफर नोलन - ओपेनहाइमर
मार्टिन स्कोरसेसे - किलर्स अफ द फ्लवार मुन
जस्टिन ट्राइट - एनाटमी अफ अ फल
योर्गोस लैंथिमोस - पुअर थिङ्स
जोनाथन ग्लेजर - द जोन अफ इन्ट्रेस्ट
- उत्कृष्ट अभिनेत्री
यस विधामा ५ अभिनेत्रीको नाम छ
लिली ग्लाडस्टोन - किलर्स अफ द फ्लवार मुन
एम्मा स्टोन - पुअर थिङ्स
एनेट बेनिङ्ग - नयाड
स्यान्ड्रा हलर - एनाटमी अफ अ फल
केरी मुलिगन - मेस्ट्रो
- उत्कृष्ट अभिनेता
यस विधामा ५ कलाकारको नाम छ
किलियन मर्फी - ओपेनहाइमर
ब्राडली कूपर - मायेस्ट्रो
जेफ्री राइट-अमेरिकी फिक्शन
कोलम्यान डोमिङ्गो - रस्टिन
पल गियामाट्टी - द होल्डओभर
- उत्कृष्ट मौलिक पटकथा
यस श्रेणीमा ५ वटा चलचित्रको नाम छ
एनाटमी अफ अ फल
होल्डओभर
माएस्ट्रो
मे डिसेम्बर
पास्ट लाइभ्स्
- उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म
यस श्रेणीमा ५ देशका चर्चित चलचित्रका नाम समावेश गरिएको छ ।
लो क्यापिटानो - इटाली
सोसायटी ऑफ द स्नो - स्पेन
परफेक्ट डे - जापान
द टीचर लाउंज - जर्मनी
द जोन अफ इंटरेस्ट-यूके
ओपेनहाइमर फिल्ममा सहायक भूमिका निर्वाह गरेका अभिनेता रोबर्ट डाउनीको नाम २०२४ को ओस्कार अवार्डका लागि उत्कृष्ट सह–अभिनेताको सूचीमा परेको छ । उनले बार्बी फिल्मका अभिनेता रायन गोस्लिङ जस्ता अन्य तीन कलाकारको सामना गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?
-
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता