आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा

बुधबार, १० माघ २०८०, ०८ : ००
बुधबार, १० माघ २०८०

काठमाडौँ । एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २–० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भएको हो ।

अर्को खेलमा मौरिटेनियाले अलजेरियालाई १–० ले पराजित गर्दै ३ अंकमात्रै जोडेपछि बुर्किना फासो ४ अङ्कका साथ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मौरिटेनियाको पनि उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी राखेको छ,तर अन्य समूहको नतिजा भने कुर्नु पर्ने छ ।

मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औँ मिनेटमा अग्रता लिएको थियो । क्रिष्टोभा माबुलोले गोल गर्दै अग्रता दिलाएका थिए । एम्बोरसिनी एन्टोनियोलो दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै एंगोलालाई २–० को सहज जित दिलाए ।

यही समूहमा रहेको मौरिटेनियाले अल्जेरियालाई १–० ले स्तब्ध बनाएको छ । मौरिटेनियाका लागि मोहम्मद देलाहीले गरेको ३७ औँ मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप