टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ
![टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ](https://npcdn.ratopati.com/media/news/taylor-swift_YdXJEq3b8k.jpg)
न्यूयोर्क । अमेरिकी गायिका टेलर स्वीफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गायिका स्वीफ्टले प्रहरीमा ‘भावनात्मक रूपमा विचलित पुरुषले अमर्यादित व्यवहार गरेको’ भन्दै उजुरी दिएपछि प्रहरीले सिएटलका ३३ वर्षे डेभिड क्रोवेलाई पक्राउ गरेको हो ।
प्रहरीले डेभिडलाई ‘उत्पीडन’ र ‘पिछा’ गरी दुई मुद्दा दर्ता गराएको छ । यो घटना स्वीफ्टको घर तोडफोडको प्रयास भएपछि सार्वजनिक भएको हो । घर तोडफोड हुँदा गायिका प्रेमी एनएफएल खेलाडी ट्राभिस केल्सलाई समर्थन गर्न गएकी थिइन् ।
ट्राभिसको टिमले कान्सास सिटीका प्रमुखहरूसँग बफेल्लो बिल्स खेलेको थियो । पक्राउ परेका व्यक्तिले उत्पीडन वा पिछा गरेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरेको छैन ।
स्वीफ्टको न्यूयोर्कमा रहेको घर र क्यालिफोर्निया तथा रोड आइसल्याण्डमा आफ्नो स्वामित्वमा रहेको घर अज्ञात व्यक्तिको निशानामा परिरहेको छ ।
सन् २०२२ मा ‘ग्रामी अवार्ड’ विजेता गायिकाको न्यूयोर्कस्थित घरमा मदिरापान गरेर गाडी चलाएको र घर भित्र प्रवेश गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै रोजर अल्भाराडो नामका एक व्यक्ति स्वीफ्टको घरभित्र प्रवेश गरेर खाटमा सुतिरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्रेर ६ महिना जेल चलान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए