बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग
बुधबार, १० माघ २०८०, ०६ : १५
![बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग](https://rpcdn.ratopati.com/media/albums/doctor1_N1U2OC4iOV.jpg)
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । उक्त छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते अपराह्न ३:०० बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ । सो सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट https://mec.gov.np मा प्रकाशित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
-
अभिभावकमाथि अश्लील टिप्पणीको मुद्दा : बयान दिन चोकी पुगिन् अपूर्वा
-
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा ४०० प्रतिशतले बढ्यो
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ