कानुनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी
![कानुनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी](https://npcdn.ratopati.com/media/news/chandra-bhandari_LwlLgUbtyL.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए ।
सांसद भण्डारीले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए । उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको बताए ।
उनले भने,‘भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो । राजनीतिक पार्टीहरु आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्नसक्छ । यो देशमा कानुनले काम गर्नसक्छ । यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे ।’
नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय