क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिस्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरे । उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे ।
अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सीमित हुने बताए । उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए ।
उनले भने,‘नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ती पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा कांग्रेस, कम्युनिस्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’
अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए । उनले धर्म निरपेक्ष बनाउन प्रचण्डभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको बताए । उनले हिन्दु अधिराज्य स्विकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताए ।
अध्यक्ष लिङ्देनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै