अब आइफोन चोरी नहोला त ?

काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पल इंकले आइफोनको सुरक्षाका लागि नयाँ फिचर ल्याएको छ । कम्पनीले अपरेटिङ सिष्टममा नयाँ अपडेट गरेको छ ।
यो अपडेटको नाम आईओएस १७.३ हो । यसमा एउटा खास फिचर छः चोरी भएका डिभाइसको सुरक्षा । यो फिचर निकै चर्चामा छ । एप्पलको ‘स्टोलन डिभाइस प्रोटेक्शन’को मद्दतले प्रयोगकर्ताहरूले उपकरण सुरक्षाको अर्को तह प्राप्त गर्नेछन् ।
यो तह त्यतिबेला सक्रिय हुनेछ जतिबेला प्रयोगकर्ता अनजान स्थानमा हुनेछन् । तपाई सधैँ घरबाट अफिस अनि अफिसबाट घर मात्रै गर्नु हुन्छन् । भने यो तपाईँको लागि परिचित स्थान भयो ।
फोन अपरिचित स्थानमा हुने बित्तिकै आईओएस १७.३ को यो फिचर सक्रिय हुनेछ । यसपछि फोनमा दोहोरो अथेन्टिकेशनसमेत कयौं फिचर एक्टिभेट हुनेछ । दोहोरो अथेन्टिकेशन जानकारी र पासवर्ड आदि फेर्ने बेलामा चाहिन्छ । स्मार्टफोन चोरी भएको बेलामा यो फिचर धेरै उपयोगी हुन्छ । आइफोन हरायो वा चोरी भयो भने यो फिचरले फोनमा भएको संवेदनशील जानकारीको सुरक्षा गर्छ ।
स्टोलन डिभाइस प्रोटेक्शन इनेबल भएपछिको अर्को फाइदा भनेको नयाँ लोकेशनमा बायोमेट्रिक अटेम्प एक पटक फेल हुन्छ ।
युजरले दोस्रो प्रयास एक घण्टापछि गर्न पाउँछ । आइफोन चोरी हुने र हराउने समस्याबाट बच्न यो फिचर ल्याइएको हो । आइफोन मा ओईओएस १७.३ अपरेटिङ सिष्टम अपडेट गरेपछि युजरले यो फिचर चलाउन पाउँछन् । यो फिचर एक्टिभेट गर्न पासकोड सेटिङमा जानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा