सरकारबाट बाहिरिएपछि जनमतको प्रतिक्रिया : जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ
![सरकारबाट बाहिरिएपछि जनमतको प्रतिक्रिया : जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ](https://npcdn.ratopati.com/media/news/madhes_wu2Htwd2Tt.jpg)
काठमाडौँ । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् ।
मंगलवार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरु बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको संस्कृतिमन्त्री यादवले बताए ।
उनले सरकारले जनमुखी काम नगरेको र आफूहरु मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरुको मातहतका मन्त्रालयहरु एकल ढंगले चलाउने गरेको आरोप लगाए । सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनले बताए ।
उनले आफूहरु जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार