जनमत बाहिरिएपछि के हुन्छ मधेस प्रदेश सरकार ?

काठमाडौँ । मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपनि मुख्यमन्त्री सरोज यादवलाई बहुमत कायमै छ । मंगलबार जनमतका मन्त्रीले पदबाट राजीनामा दिँदै जनता समाजवादीका मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री थिए । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनमा बुझाएका छन् । जनमत सरकारबाट बाहिरिएपनि मधेस प्रदेशमा सत्ता समीकरणमा कुनै समस्या छैन । कुल १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । यता सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।
गत जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले १०३ जना सांसदको समर्थन पाएका थिए । त्यसमध्येबाट जनमतका १३ जनाको मात्र समर्थन फिर्ता भएको छ । ९० जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई अझै कायम छ ।
मधेस प्रदेशको अंगणित अनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेसम्म मुख्यमन्त्री यादवको पद सुरक्षित देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन