मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ ।
जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए ।
सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ । सप्तरीमा जनमतलाई बाइपास गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि राउत असन्तुष्ट बनेका थिए ।
यस्तै मधेस सरकारका अन्य कतिपय कामकारबाहीमा समेत जनमतले असन्तुष्टि पोख्दै आएको थियो । मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ता राष्ट्रिय शोक
-
इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ घाइते
-
कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी
-
ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह
-
उत्कृष्ट गायिकाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
-
अस्ट्रेलिया नेपाली कम्युनिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित