कीर्तिमानी २५औँ उपाधितर्फ लम्कँदै सर्बियन टेनिस स्टार जोकोभिच

काठमाडौँ । सर्बियन खेलाडी नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । ३६ वर्षीय जोकोभिच मंगलबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा जोकोभिचले टेलरलाई ७–६ (७–३), ४–६, ६–२, ६–३ अंकले पराजित गरे । निकै अनुभवी खेलाडी जोकोभिच कीर्तिमानी २५औँ ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अभियानमा छन् ।
पहिलो वरीयतामा आसिन सर्बियन टेनिस स्टार जोकोभिचले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको २४ वटा उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि १० पटक जितिसकेका छन् ।
यसपटक पनि अस्ट्रेलियन ओपनको उपाधि जिते उनले इतिहास रच्नेछन् । यसका अतिरिक्त जोकोभिचले हालसम्म तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि चुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा