अस्पतालबाट डिस्चार्ज भए सैफ अली खान

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार उनी शल्यक्रियाका लागि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको समाचारहरू आएका थिए ।
मंगलबार अस्पतालबाट डिस्चार्ज भएर सैफ घर गइसकेका छन् । सैफले घरमा पत्नी करिनाका साथमा खिचिएका केही तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
अस्पतालमा सैफको काँध र घुँडाको शल्यक्रिया भएको बताइएको छ । फिल्म सुटिङको क्रममा उनको काँध र घुँडा फ्र्याक्चर भएको थियो ।
लामो समयदेखि नै सैफले शल्यक्रियालाई वेवास्ता गरेर बसेका थिए । उनको चोट धेरै गम्भीर नभएकोले पनि उनले शल्यक्रियालाई पछाडि धकेलिरहेका थिए । सैफ र करिनाले ओमकारा, टशन, कुर्बान र एजेन्ट विनोदमा पनि सँगै काम गरेका थिए ।
तर विगत १२ वर्षयता सैफ र करिना ठूलो पर्दामा एकै साथ देखिएका छैनन् । सन् २०१२ मा एजेन्ट विनोद सैफ दम्पतीले स्क्रिन शेयर गरेको अन्तिम फिल्म थियो । उनीहरूका फ्यानका लागि यति बेला एउटा खुसीको खबर आएको छ ।
सैफ र करिना ठूलो पर्दामा सँगै देखिने सम्भावना छ । आफूहरूले यसबारे विचार गरिरहेको सैफ र करिना दुबैले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार
-
काठमाडौँ महानगरले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
-
स्रोतको चर्को चाप : नयाँ बजेटको गृहकार्य तीव्र
-
सेल्फी पार्कको मानवनिर्मित विशाल शालग्राम
-
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
-
चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम