भिजिट तथा पर्यटकीय भिसा
भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय
मङ्गलबार, ०९ माघ २०८०, १५ : २१

काठमाडौँ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलाे बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो ।
यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको छ । अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।
भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया