कन्सर्ट हेर्न राष्ट्रपति सरकारी हेलिकप्टर चढेर गएपछि ...

मनिला । यतिबेला फिलिपिन्सका राष्ट्रपति विवादमा घेरिएका छन् । बेलायती रक ब्यान्ड कोल्डप्लेको कन्सर्ट हेर्नका लागि आफ्नो आधिकारिक चपर विमान चढेर गएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोज जुनियर विवादमा मुछिएका हुन् ।
गएको शुक्रबार मनिलाको उत्तरमा रहेको फिलिपिनी अरेनामा कोल्डप्लेको कन्सर्ट आयोजना भएको थियो । सो कन्सर्ट हेर्न मार्कोज पत्निसहित पुगेका थिए । सडकको जाम छल्न उनले राष्ट्रपतिको आधिकारिक विमानको प्रयोग गरेका थिए ।
सामाजिक सञ्जालमा उनको यो कदमको तत्कालै विरोध भएको थियो । निजी मनोरञ्जनका लागि करदाताहरुले तिरेको पैसा दुरुपयोग गरेकोमा उनीमाथि प्रश्न गर्न थालियो । फिलिपिन्सको सडकमा दुसाध्य बन्दै गइरहेको जामको समस्या समाधान नगरेको भन्दै उनको आलोचना पनि हुन थाल्यो ।
कन्सर्ट हेर्न गएका हजारौँ आम फिलिपिनीहरुले सडकको जाम सहँदै गए । तर जाम छल्नकै लागि राष्ट्रपतिले चपर चढे । कन्सर्टमा जान केही व्यक्ति ७ घन्टा अगाडि नै घरबाट निस्किएका थिए ।
कयौं मानिस जाममा फसेर आधा कन्सर्ट सकिँदा बल्ल कन्सर्ट स्थलमा पुगे । चौतर्फी विरोध चुलिनथालेपछि राष्ट्रपतिको सुरक्षा कमान्ड हेर्ने जर्नेल नेल्सल मोरालेसले शनिबार विज्ञप्ति जारी गर्नु पर्यो ।
कन्सर्टमा ४० हजारको भिड हुने अनुमान र राष्ट्रपतिको सुरक्षा जोखिमलाई हेरेर चपर प्रयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको थियो । यो विज्ञप्तिले आलोचना केही मत्थर गरेपनि प्रश्न उठ्न छाडेको छैन । सुरक्षा जोखिम भएको ठाउँमा राष्ट्रपति नगएको भएपनि भैहाल्थ्यो नि भन्ने आवाजहरु उठिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज