कप्तान रोहितको अर्धशतकले एपीएफलाई राहत, आर्मीले पायो १२२ रनको झिनो लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको दुई विभागीय टोलीबिचको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ३६ मध्ये ३२.४ ओभरमै अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएका कारण खेल ३६–३६ ओभरमा खेलाइएको हो ।
एपीएफ क्लबका लागि कप्तान रोहित पौडेलले ५९ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय तीन बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । एपीएफ क्लबका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
ओपनर प्रज्ज्वल शाही खाता खोल्नुअघि नै पभेलियन फर्किए । अर्का ओपनर प्रदीप ऐरी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान पूर्ण बिक तीन रन बनाउँदै आउट भए । पाँचौँ नम्बरका ब्याट्सम्यान सुमित महर्जन १४ रन बनाउँदै आउट भए ।
सन्दीप जोरा चार रनभन्दा अगाडि बढ्न सकेनन् । लोकेश बम पनि नौ रनमै आउट भए । भुवन कार्की १६ रन बनाउँदै पभेलियन फर्किए । अमर रौतेलाले एक रन बटुले । रमेश कुर्मी र मौसम ढकालले खाता खोल्न पाएनन् ।
एपीएफ क्लबले अतिरिक्त रूपमा पनि नौ रन पाएको थियो । आर्मी क्लबका बलर सोमपाल कामीले तीन विकेट लिए । उनले ६.४ ओभरमा २४ रन खर्चिए । अविनाष कर्णले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चिए । विवेक यादव, साहब आलम र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति