कोहली इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टबाट बाहिरिए
मङ्गलबार, ०९ माघ २०८०, ०६ : ४१

नयाँ दिल्ली । विराट कोहलीले व्यक्तिगत कारणले इंग्ल्याण्डसँगको टेस्ट सिरिजको पहिलो दुई खेलबाट बाहिर रहन अनुमति मागेका छन् ।
बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार कोहलीले कप्तान रोहित शर्मा, टोली व्यवस्थापन र चयनकर्तासँग कुरा गरे र देशको प्रतिनिधित्व गर्नु सधैँ उनको प्राथमिकतामा रहेको तर व्यक्तिगत जीवनमा केही परिस्थितिहरू छन् जहाँ उनी आवश्यक छ भन्ने कुरामा जोड दिएका छन्।
कोहलीको निर्णयलाई सम्मान गर्दै बीसीसीआईले उनलाई पहिलो दुई टेस्ट खेलबाट बाहिर राख्न स्वीकृति दिएको छ । बोर्डले मिडिया र फ्यानहरूलाई विराट कोहलीको गोपनीयताको सम्मान गर्न र कुनै पनि प्रकारको अड्कलबाजी नगर्न आग्रह गरेको छ। छनोट समितिले छिट्टै विराट कोहलीको स्थानमा टोलीमा समावेश गर्ने खेलाडीको नाम घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु