पत्रपत्रिका
भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या
मङ्गलबार, ०९ माघ २०८०, ०५ : ५१
![भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या](https://rpcdn.ratopati.com/media/albums/melamchi_flood_33_XwnGjhPQN4_VeilfaiDP6.jpg)
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी प्रभावित १२० घरधुरीमा गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो ।
समुदायका मुख्य सूचनादातासँगको छलफल, विस्तृत केस अध्ययनलगायत विधिबाट गरिएको उक्त बृहत् अध्ययनअनुसार विपत्ले त्यहाँका स्थानीयमा आर्थिक मात्र नभई गैरआर्थिक हानिनोक्सानीसमेत गरेको देखिएको छ ।
उमेरगत हिसाबले ४६ देखि ६० वर्ष उमेर समूहका झन्डै ३७ प्रतिशत र त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका २६ प्रतिशत उत्तरदाता मानसिक हिसाबले सबैभन्दा बढी प्रभावित रहेको पाइएको हो । कुल ५३८ घरधुरीबाट छानिएका १२० वटामा सर्वेक्षण गरिएकोमा १०३ घरधुरीमा यस प्रकारको समस्या देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान