आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण

सोमबार, ०८ माघ २०८०, २१ : २६
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक "सनातनी रामा" लोकार्पण गरिएको छ । 

सोमबार पिल्ग्रिम्स बुक हाउस  काठमाडौँद्वारा आयोजित धार्मिक समारोहबिच भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो । 

वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कंडेलसहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्पवृष्टि गराई फरक विधिद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो।

वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्मले नै अबको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा बौद्धिक जमातले यस विषयलाई विचार सम्प्रेषण र लेखनको माध्यमबाट उजागर गर्नुपर्ने जोड दिए । 

प्रमुख अतिथि विश्व धर्म संसदका विश्वशान्ति दूत संहिता शास्त्री अर्जुनप्रसाद बास्तोलाले अध्यात्मले संसारलाई जोड्न सक्ने हुनाले शान्ति र सदभावका लागि आध्यात्मिक विचारलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । विशेष अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्म दर्शनका विषयलाई पुस्तकले आम पाठकबिच विचार सम्प्रेषण गर्न मद्दत गर्ने कुरामा जोड दिए । 

हिन्दू विद्यापीठका प्राचार्य /आध्यात्मिक वक्ता डा  चिन्तामणि योगीले धर्म शास्त्रले मानव समुदायको कल्याणको बाटो देखाएकाले शास्त्रका गहन विचारलाई आत्मसात गरेर अघि बढ्न सके मानव तथा विश्व कल्याण हुने बताए ।  लिटल एन्जल कलेज अफ म्यानेजमेन्टका प्राचार्य साहित्यकार डा मित्रबन्धु पौडेलले पुस्तक भित्रका रहस्य खोल्दै जीवन,चेतना,अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास भएको र अंग्रेजी भाषामै लेखिएको पुस्तक भएकाले विश्वभरिकै आध्यात्मिक पाठकलाई पुस्तकले समेट्ने बताए । 

लेखक वेवेकानन्द झाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाकै समयमा पुस्तक विमोचन हुन पाउनु गौरवको विषय हो भन्दै पुस्तकमा व्यक्ति परिचय भन्दा पनि चरित्र र व्यक्तित्वलाई बढी महत्त्व दिएर लेख्ने प्रयास भएको जानकारी गराए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप