सशस्त्र प्रहरी बल नेपालका देशभरका इकाईहरुमा रक्तदान
_PgR9Uypu2T.jpg)
काठमाडौँ । ‘२३ औँ सशस्त्र प्रहरी दिवस २०८०’ को पूर्वसन्ध्यामा देशभरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरू र मातहत इकाईहरूमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।
प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरूबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरूबाट २ सय ४५ जना, नं। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरूबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत इकाईहरुबाट ७० जना, नंं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरूबाट १ सय ३१ जना, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरूबाट ३१ जना, नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरूबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ तथा मातहत इकाईहरूबाट २६ जनाले रक्तदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई