सिमराको प्रभु निवास बन्यो पूर्वराजा शाहको ‘सेल्टर’

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको बारा सिमरास्थितको ‘प्रभु वास’ निवासलाई १५ दिनदेखि सेल्टर बनाएका छन् । मधेस प्रदेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह गएको २३ गतेदेखि सिमराको प्रभुशमशेर जबराको निवासलाई आफ्नो सेल्टर बनाएका हुन् ।
प्रभु निवास सिमरा वडा नम्बर १ स्थित छ । नातामा आफन्त पर्ने भएकोले पूर्वराजासहितको परिवारको यही बसोबास रहेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिराबहादुर चन्दले जनाए । उनका अनुसार २३ गते भैरहवाबाट सडकको बाटो हुँदै पूर्वराजा सिमरा आइपुगेका हुन् । मधेस प्रदेशलाई लक्षित गर्दै भ्रमणमा रहेका पूर्वराजा शाह प्रभु निवासलाई सेल्टर बनाएर बसेको जानकारी गरे ।
यता इलाका प्रहरी कार्यालय बारा सिमराका प्रहरी निरीक्षक लक्ष्मण पतभैयाले पनि भने, ‘प्रभु निवासमा पूर्व राजपरिवारको सदस्यहरू बसिरहनुभएको छ, करिब ६÷७ जना परिवारका सदस्यहरूसहितको टोली छ । नातामा आफन्त पर्ने प्रभु निवासमा सबै जना बसिरहनुभएको छ ।’
कहाँ–कहाँ गरे धार्मिक भ्रमण ?
पूर्वराजा अहिले मधेस दौडाहामा छन् । धार्मिक भ्रमण तथा नागरिक अभिनन्दनको नाममा पूर्वराजा मधेस प्रदेशसहितका जिल्लाहरूमा भेटघाट गरिरहेका छन् । मधेस प्रदेशको सर्लाही बरहथवामा रहेको मुक्तकेश्वर, रौतहटको शिवनगर मन्दिर, बाराको गढीमाई मन्दिर, वीरगन्जको गहवमाई मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् ।
हिजोमात्रै पूर्वराजाले गोप्यरुपमा वीरगन्जको समेत भ्रमण गरेका छन् । वीरगन्जको गहवामाई मन्दिरको दर्शन गरेर पूर्वराजा फर्केका छन् । गहवामाईको दर्शनपश्चात् हिजै हेटौँडामा पनि पूर्वराजाले भ्रमण गरेका थिए । यसैगरी १३ माघमा वीरगन्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन कार्यक्रमसमेत राखिएको छ । यो कार्यक्रम सकेपछि थप अन्य कार्यक्रम तय गरिने बताइएको छ ।
पछिल्लो समय नागरिक अभिनन्दन तथा धार्मिक भ्रमणको नाममा मधेस दौडाहामा पूर्वराजा शाहको सक्रियता बढ्दै गएको छ । तर राजनीतिक विश्लेषक कृष्ण खनालले पूर्वराजाको तराइ भ्रमण कुनै अर्थ नरहेको बताए । उनले भने, ‘यो भ्रमण अरू केही पनि होइन, पूर्वराजा अहिले खाली छन् । कुनै काम छैन, त्यही कारण गुमेको सत्ता हात लाग्छ कि भनेर च्याँखे थापेको मात्रै हुन् । तर यो सम्भव छैन ।’
‘त्यसकारण राजतन्त्र परिवर्तनको सम्भावना छैन, बरु धार्मिक अतिवाद आउन सक्छ,’ उनले भने, ‘अब इतिहास उल्टिन सक्दैन क्लियर छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान