धोकेबाज हौ तिमी : एलिना चौहानको आफ्नै जीवनसँग मेल खाने त्यो गीत !

काठमाडौँ ।
जुनीभरिलाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
गायिका एलिना चौहानको चर्चित गीतको एक अंश हो यो । यही गीतले उनलाई सांगीतिक क्षेत्रमा नयाँ पहिचान दिलायो । अहिले पनि यो गीत एलिना सहभागी हुने मेला महोत्सवमा दर्शकको रोजाइमा पर्ने गर्छ । जुन गीतलाई लिएर विगतमा उनले प्रशस्तै चर्चा बटुलेकी थिइन् ।
सांगीतिक कार्यक्रममा उनले यो गीत गाइरहँदा कयौँ युवायुवती छाती पिटीपिटी उनको स्वरमा स्वर मिलाउँदै रुन्थे । जुन भिडियोहरू भाइरल समेत भएका थिए ।
तर चर्चाको त्यो शिखरमा रहँदा एलिनाले कुनै दिन यो गीत आफ्नै जीवनसँग मेल खान्छ भनेर सायद कल्पनै पनि गरेकी थिइन् । अहिले यो गीतका हरफ उनको जीवनसँग मेल खाइरहेको छ ।
प्रसङ्ग उनको प्रेमी विष्णु सापकोटासँगको ब्रेकअपको हो । एक वर्षदेखिको विष्णुसँगको उनको प्रेम अहिले ब्रेकअपमा परिणत भएको छ ।
एलिनाको विष्णुसँग भेट अघिल्लो वर्षको तिज कार्यक्रममा अस्ट्रेलिया जाँदा भएको थियो । लोकदोहोरी प्रतिष्ठान अस्ट्रेलिया शाखाका अध्यक्ष समेत रहेका उनी केही अगाडिदेखि त्यहाँ बस्दै आएका थिए । भेट बाक्लिँदै जाँदा उनीहरुबीच प्रेम बसेको थियो ।
प्रेमको चर्चा मिडियासम्म पुगेपछि उनीहरू दुवैले प्रेम स्वीकार गर्दै सामाजिक सञ्जालमा विभिन्न भिडियो पोस्ट गरेका थिए । प्रेममा परेपछि विष्णुले नेपाल आएर एलिनासँग एउटा युगल गीत रेकर्ड गराएका थिए भने परिवारसँग समेत भेटेका थिए । उनीहरुबीच गत मंसिरमा विवाह हुने कुरो पनि भएको थियो । मंसिर अगाडि साथीभाइसँगको भेटमा एलिनाले मंसिरमा विवाह गर्ने समेत बताउँदै आएकी थिइन् । तर त्यो कुरो त्यसै सेलायो । अहिले भने उनको विष्णुसँगको प्रेममा ब्रेकअप भएको छ । बिष्णुसँगको ब्रेकअप उनी आफैले स्वीकार गरिसकेकी छन् । उनी अहिले भन्छिन्–त्यो प्रेम सम्झन चाहन्नँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह