समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबिच साझेदारी
सोमबार, ०८ माघ २०८०, १७ : ५४
काठमाडौँ । समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्ड प्रालिबिच वित्तीय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाई विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ । उक्त साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक विनोद राज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यपछि फाइनान्स फ्रेन्ड प्रालिले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित वित्तीय तालिमका कार्यक्रमहरू उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा