छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस माघको तेस्रो साता

काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको ब्यवस्थापनमा माघको तेस्रो साता ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
माघ १६ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा नेपालका अतिरिक्त भारत र चीनका खेलाडीको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चीनबाट दुई महिला खेलाडी सहभागी हुनेछन् । भारतबाट भने १६ पुरुष र आठजना महिला खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा कुल तीन सय नौजना खेलाडी सहभागी हुने जानकारी आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले दिए ।
प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० वर्षभन्दा माथि), महिला भेट्रान एकल (४० वर्षभन्दा माथि), पुरुष भेट्रान एकल (५५ वर्षभन्दा माथि), यू–१६ ब्वाइज एकल र यू–१६ गल्र्स एकल स्पर्धा समावेश गरिएको छ ।
नेपाली टेबलटेनिस खेलको इतिहासमै यो सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता भएको दाबी आयोजकको छ । यो प्रतियोगितामा पुरस्कारका लागि मात्र पाँच लाख ८० हजार रुपैयाँ छुट्याइएको जानकारी अध्यक्ष जोशीले दिए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग