आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

नक्कली डाक्टरलाई कारबाही गर्न चिकित्सक संघको माग

सोमबार, ०८ माघ २०८०, १७ : ३०
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नक्कली डाक्टरको आरोपमा सोमबार पक्राउ परेका सम्बुद्ध भट्टाचार्यलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले काठमाडौँको बाँसबारीमा बस्दै आएका भट्टाचार्यलाई पक्राऊ गरेको हो । 

भट्टाचार्य नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको प्रति संघको ध्यानाकर्षण भएको बताएको छ । ‘चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौँको सङ्ख्यामा उपचारमा संलग्न भएका निजलाई कानुन

बमोजिमको कारबाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ,’ महासचिव डा। सञ्जीव तिवारीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप