आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जनसंख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे

सोमबार, ०८ माघ २०८०, १७ : ०२
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न समेत गरे ।

उनले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसावले छुटेको बताए । जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्यांकहरु डरलाग्दो रहेको बताए । उनले १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताए ।

‘जनसंख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो कि ? अथवा तथ्याङ्क तथा जनसंख्या विभाग चाहिने हो कि । जनसंख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसाबले छुटेको छ । जनसंख्या छुट्ने कुरा गम्भीर हो’ उनले भने, ‘केही तथ्यांक डरलाग्दा छन् । १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या छ । २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’

सांसद पाण्डेले जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप