त्रिविको उपकुलपतिमा शिवलाल भुसालको समेत आवेदन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा शिवलाल भुसालले समेत आवेदन दिएका छन् । प्राडा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल सकिएपछि सरकारले भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो ।
उपकुलपति धर्मकान्त बाँस्कोटाको चारवर्षे कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि उनलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ ख. बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ (तीन) महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
उनै भुसालले चारवर्षे कार्यकालका लागि उपकुलपति बन्न आवेदन दिएका हुन् ।
उपकुलपति नियुक्तिका लागि पहिलोपटक २० पुसमा सूचना सार्वजनिक गरिएको थियो । उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि विरोध भएको थियाे । त्यसपछि प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलोपटक प्रकाशन गरेको विज्ञापन रद्द गरी २३ पुसमा दोस्रोपटक सूचना निकालेको थियो ।
उक्त सूचनाको समय सकिएको छ भने ४३ जनाको आवेदन परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?