विष्णुसँग ब्रेकअप भएपछि एलिनाले भनिन्–त्यो प्रेम सम्झन चाहन्नँ

काठमाडौँ । गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।
‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो बिषय बाहिर आएको थिएन ।’ आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ । ‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले रातोपाटीसँग भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्नँ ।’
करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअपको भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह