अस्पताल भर्ना भए सैफ अली खान

नयाँ दिल्ली । भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।
सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कसरी लाग्यो भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
समाचार अनुसार सैफ अली खान सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । अस्पतालमा सैफसँगै उनकी पत्नी तथा अभिनेत्री करिना कपुर खान पनि छिन् । यसबारे अहिलेसम्म धेरै जानकारी आएको छैन ।
सैफलाई फिल्मको सुटिङका क्रममा यो चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । अभिनेताको घुँडा र काँधका हड्डी भाँचिएको खबर आइरहेको छ । चिकित्सकले उनको शल्यक्रिया गर्न भनेका छन् । जसका कारण उनलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।
सैफ अली खान प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । सैफ यतिबेला आफ्नो आगामी फिल्म देवरा पार्ट वनका कारण हेडलाइनमा छाइरहेका छन् । उनी साउथको फिल्म देवरामा बहिराको भूमिकामा देखिँदैछन् । यस फिल्ममा साउथका सुपरस्थार जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलन
-
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
-
कक्षा ५ मा पढ्दै गर्दा बिहे भएपछि...
-
१५ खेलको प्रतिबन्धमा परे मार्सेलीका अध्यक्ष पाब्लो
-
चलखेलमा सुपारी आयात खुला, ओली सरकारको ‘कनेक्सन’ !
-
ट्रम्पको पहिलो क्याबिनेट बैठकमा मस्कले भने- मलाई ज्यान मार्ने धम्की आइरहेको छ