छोरीको बिहेलगत्तै व्यस्त भए आमिर, सुरु गरे दुई फिल्ममा काम

नयाँ दिल्ली । छोरी इरा खानको बिहेवारी सक्काएपछि आमिर खान अहिले फेरि व्यस्त भएका छन् । उनी आफ्नो आगामी फिल्मको तयारीमा जुटेका छन् ।
आमिरको हातमा यतिबेला आरएस प्रसन्नाको निर्देशनमा बन्न लागेको फिल्म ‘सितारे जमीन पर’ छ । उनले छिट्टै नै यो फिल्ममा काम सुरु गर्ने भएका छन् । उनको हातमा रहेको अर्को फिल्म चाँहि राजकुमार सन्तोषीको निर्देशनमा बन्न लागेको ‘लाहौरः १९४७’ हो । आमिर यो फिल्मको निर्माता हुन् ।
तर फिल्ममा काम गर्नेबारे अहिलेसम्म कुनै पुष्टि भने भइसकेको छैन । केही खबरका अनुसार आमिर खानले यी दुबै प्रोजेक्टमा फेब्रुअरीदेखि काम गर्नेछन् । सितारे जमीन पर आमिरको साथमा अभिनेत्री जेनलिया डिसूजा देखिनेछिन् ।
पिंकविलाको रिपोर्ट अनुसार आमिरले केही महिनादेखि सितारा जमीन परको तयारी गरिरहेका थिए । फिल्मको सुटिङ २ फेब्रुअरीमा सुरु हुने योजना भएको बताइएको छ ।
यो फिल्मको सुटिङ ७०–८० दिनमा पूरा गर्ने योजना छ । यो फिल्मका लागि आमिरले आफ्नो लुक पनि फाइनल गरिसकेका छन् । फिल्मसँग सम्बन्धित केही कुरामा उनले काम पनि गरिसकेका छन् । अन्य कलाकारसँग मिलेर स्क्रिप्ट पढ्ने काम पनि पूरा भइसकेको बताइएको छ ।
लाहौर : १९४७ को सेट बनाउन सुरु
खबरका अनुसार लाहौरः १९४७ बारे पनि भनिएको छ । यो फिल्म भारतको विभाजनमा आधारित छ । यसमा सनी देओलको मुख्य भूमिका रहनेछ । यो फिल्मको सुटिङ भने फेब्रुअरी १२ देखि सुरु हुनेछ । फिल्मको सेट मुम्बईमा बनाउने काम सुरु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध