५ सय र ७ सय ५० रुपैयाँ शुल्क लिएर बिरामी जाँच्थे ‘नक्कली डाक्टर’

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–२ घर भएका सम्बुद्ध भट्टचार्य छन् ।
‘त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सेवारत छु’ भन्ने भट्टचार्यलाई नक्कली कागजात रहेको भेटिएपछि काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
भट्टचार्य बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित उइकेयर पोलिक्लिनिकमा कार्यरत थिए । थाइराइडको डाक्टर भन्दै उनले धौलागिरिमा ४२ जना बिरामीलाई चेकजाँच गरेको भेटिएको छ । यसैगरी उइकेयरमा उनले ६३० जना बिरामीलाई चेकजाँच गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
इन्स्पेक्टर थापाका अनुसार धौलागिरिमा एक जना बिरामी चेक गरेबापत भट्टचार्यले ५ सय रुपैयाँ लिँदै आएका थिए । यस्तै उइकेयरमा उनको परीक्षण शुल्क प्रति बिरामी ७५० रुपैयाँ छ ।
आरोपीको साथबाट प्रहरीले ७ थान स्ट्याम्प बरामद गरेको छ । भट्टचार्यले नक्कली प्रशंसा पत्र बनाउने गरेको भेटिएको छ ।
पूर्वमन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रशंसा पत्र, डब्लुएचओले जारी गरेको प्रशंसा पत्र र चिकित्सक संघको लाइफ मेम्बर कार्ड उनको घरबाट बरामद गरिएको छ । बरामद प्रशंसा पत्र परीक्षण गर्दा नक्कली प्रमाणित भएको इन्स्पेक्टर थापाले जानकारी दिए । प्रहरीले ललितपुरस्थित मेडिसिटी अस्पतालले जारी गरेको प्रशंसा पत्र पनि बरामद गरेको छ । मेडिसिटीको प्रशंसा पत्र पनि नक्कली रहेको थाहा भएको छ ।
पक्राउ पछि उनले प्रहरीसँग भनेका छन्, ‘चीनमा पढेर आएको हुँ ।’ तर, उनले चीनमा अध्ययन गरेको चिकित्सकको सर्टिफिकेट देखाउन सकेका छैनन् । नेपाल मेडिकल काउन्सिलबाट जारी उनको दर्ता प्रमाणपत्र पनि नक्कली पुष्टि भएको छ ।
आरोपी विरुद्ध इलाज सम्बन्धी कसुर र लिखितसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान गरिने एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ