लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौँ । लागूऔषधसहित देशका विभिन्न स्थानबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १० ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, ट्रामा २ सय ट्याब्लेट र मोबाइल २ थानसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई ललितपुर भैसेपाटी डेरा गरी बस्ने १९ वर्षीय सागर राई र ललितपुर भैसेपाटी बस्ने २८ वर्षीय अनिश मगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ पदमपुर बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-१४ साउनेपानी मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-८ बस्ने ३३ वर्षीय लक्ष्मण कुमार थापा र सोही नगरपालिका-१ बस्ने २४ वर्षीय प्रबिण तारामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिकाडाबाट खटिएको प्रहरीले बा.प्र ०२-०१५ प ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका-८ सोनापुर बस्ने २४ वर्षीय मोम्हमद शहवाज र २४ वर्षीय सन्तोष सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
-
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते
-
वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
-
झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीकाे प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?