राजेशपायलको ब्याक–किक खाएका राकेशले भने– सन्देश दिन खोज्दा घोडे किक हाने

काठमाडौँ । गायक राजेशपायल राईको एक भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा गायक राईले स्टेजमा प्रस्तुतिको क्रममा आफ्ना पछाडि आउने एक व्यक्तिलाई ब्याक–किक हानेर स्टेजबाट धपाएको दृश्य छ ।
भिडियोमा एक व्यक्ति पछाडिबाट आउँछन् र राजेश पायलसँग कानेखुसी गर्छन् । गायक राईले ती व्यक्ति तर्फ नहेरी लात्तीले हानेको देख्न सकिन्छ । उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा गायक राईलाई थुप्रैले गाली गरेका छन् । कतिपयले गायक राईको बचाउ पनि गरेका छन् । भिडियोमा राजेशपायलको ब्याक किक भेट्ने व्यक्ति थिए झापाका कमेडियन कलाकार राकेश दर्नाल ।
राकेशले आयोजकको सन्देश भन्न खोज्दा आफूलाई गायक राजेशपायलले घोडे किक हानेको बताएका छन् । ‘आयोजकले मलाई समय छैन रात परिसक्यो । एक पटक कानमा गएर कुरा गरिदेउन भनेर भनेका थिए’ राकेशले भने ‘मैले दाइ समय छैन रे मात्र भनेको थिए । उहाँले घोडे किक हान्नुभयो ।’ राकेशले गायक राजेशपायलले आफूलाई पहिले देखिनै माया गर्ने भएकोले किकको विषयमा अन्यथा नलिन सबैलाई अनुरोध समेत गरेका छन् ।
राकेशले कुराकानीमा उक्त भिडियो गत भदौ महिनाको तेह्रथुममा आयोजित एक साङ्गीतिक कार्यक्रमको भएको र उक्त कार्यक्रममा झापाबाटै राजेशपायलसँगै कार्यक्रममा गएको समेत खुलाएका छन् । भिडियो भाइरल भए पनि युट्युब मिडिया हिट टिभी नेपालसँग अन्तरवार्ता दिने क्रममा उनले सबै कुरा खोलेका हुन् ।
राकेश पूर्वमा राकेश कमेडियनका रुपमा चिनिएका स्थानीय कलाकार हुन् । झापा अर्जुनधाराका बासिन्दा उनी केही चलचित्रमा पनि देखिएका छन् । स्थानीय मेला महोत्सवमा समेत उनी प्राथमिकतामा पर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति