राम मन्दिरको प्राणप्रतिष्ठा : भाजपाका यी तीन हस्ती किन गएनन् अयोध्या ?
काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यको अयोध्या हिन्दु धर्मावलम्बीका पूज्य भगवान रामको जन्मभूमिका रुपमा प्रख्यात छ । अयोध्यामा सोमबार भव्य समारोहका बिच भगवान रामको नवनिर्मित मन्दिर उद्घाटन र प्राण प्रतिष्ठा गरिँदै छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । तर, सोमबार हुने मन्दिर उद्घाटन र प्राण प्रतिष्ठा कार्यक्रममा भाजपाकै तीन हस्ती अनुपस्थित हुँदैछन् ।
भाजपाका अध्यक्ष जेपी नड्डा, भाजपाका पूर्व अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाह र पूर्व अध्यक्ष तथा वरिष्ठ नेता लालकृष्ण आडवानी भने अयोध्या नजाने निश्चित भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भाजपाका अध्यक्ष जेपी नड्डा सोमबार दिल्लीमै रहनेछन् । अयोध्यामा हुने मन्दिर उद्घाटन र प्राण प्रतिष्ठा कार्यक्रमलाई अधिकभन्दा अधिक मानिसले सामूहिक रुपमा हेर्न सकुन् भनेर भाजपाका तर्फबाट दिल्लीमा विशेष व्यवस्था गरिएको छ । सोही क्रममा भाजपा अध्यक्ष नड्डा झण्डेवालान मन्दिरमा सर्वसाधारणसँग बसेर अयोध्याको कार्यक्रमलाई प्रत्यक्ष प्रसारणमार्फत हेर्नेछन् ।
यस्तै, केन्द्रीय गृहमन्त्री शाह बिडला मन्दिरमा बसेर सर्वसाधारणसँगै प्रत्यक्ष प्रसारणमार्फत अयोध्याको कार्यक्रम हेर्नेछन् । दुवै नेताले आफू सम्मिलित कार्यक्रममा सम्बन्धित मन्दिरमा पूजा गर्ने र प्रसाद वितरण गर्ने जनाइएको छ ।
भाजपाका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता आडवानी भने उमेर र स्वास्थ्यका कारण अयोध्या जान नसकेको बताइएको छ । ९६ वर्षका आडवानीले आफ्नो स्वास्थ्य र ठण्डी मौसमका कारण अयोध्या नजाने निधो गरेको बताइएको छ ।
भाजपाले राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न दिल्लीमा दुई हजारभन्दा बढी स्थानमा ठुला एलइडी स्क्रिन जडान गरेको छ । दिल्लीस्थित भाजपाको मुख्यालयलाई पनि सजाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान