राष्ट्र बैंकले आज साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
सोमबार, ०८ माघ २०८०, ११ : ०८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
-
पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने
-
तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
-
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गोली लागेको हातको दाग त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !