आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

शुक्रबार, ३० चैत २०७४, ११ : ४९
शुक्रबार, ३० चैत २०७४

काठमाडौँ । फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरीएको भनिएको ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । बिहीबार शाक्यलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको बताईएको छ ।

भरियाबाटै गायव बनाइएको तस्करीको सुन खोज्ने नाममा उच्च प्रहरी अधिकारी समेतको मिलेमतोमा सनम शाक्यको हत्या भएको भन्दै गृहमन्त्रालयका सह–सचिवको नेतृत्वमा  गठित समितिले घटनाबारे छानबिन गरिरहेको छ ।

आरके ज्वेलर्सका सञ्चालकसँगै उक्त सुन प्रकरणका पक्राउ पर्नेका संख्या २१ पुगेको छानविन समितीका एक सदस्यले बताएका छन् । समितीले अनुसन्धानका लागी यसअघी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्य प्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फागुन १८ गते मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भएसँगै उक्त घट्नामा जोडिएका प्रहरी अफिसरहरुको भुमिकामाथी प्रश्न उठाउँदै गृह–मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलेको नेतृत्वमा छानविन समिती ठगन गरेको थियो । समितीले बिराटनगरलाई केन्द्रिविन्दु बनाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सुन तस्करहरुले सनम शाक्यलाई जंगलमा यातना दिएर हत्या गरेका थिए । महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसीको कमाण्डमा पुर्व गएको प्रहरी टोलीले शाक्यसँगै यातना पाएका उर्लाबारीका–७ का नरेन्द्र कार्की मोहन काफ्ले र स्कर्पियो चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएको थियो । 

फागुन १९ गते मध्यान्ह विराटनगरको पोखरीबाट शाक्यको शव बरामद गरेपछि महानगरीय अपराध महाशाखाले मृतकसँगै याताना पाएका नरेन्द्र कार्की मोहन काफ्ले र चालक टेकराज मल्ले हत्या गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । पीडितलाई नै हत्यारा करार गरेको उक्त मुद्दाको स्वरुप अहिले पविरर्तन भैसकेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) अरुण बिसी भन्छन्, ‘सनम शाक्य हत्या प्रकरण संगठित अपराध सहित कर्तब्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’ 

घटनाको अनुसन्धान गर्नका लागि छानविन समितीको संयोजक ईश्वरराज पौडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीका एसपी बसन्त लामा र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता हरि प्रसाद रेग्मी अहिले बिराटनगरमा रहेका छन् । 

घटनामा संकास्पद भूमिका देखिएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी दिवेश लाहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप