लिभरपुललाई ५ अङ्कको अग्रता
सोमबार, ०८ माघ २०८०, ०७ : ५३

लण्डन । बोर्नेमाउथमाथि ४–० को शानदार जीत हासिल गर्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेज र डिएगो जोटाले दुई–दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९ औँ मिनेटमा नुनेजले लिभरपुललाई अग्रता दिलाएका थिए ।
७० औँ मिनेटमा जोटाले दोस्रो गोल गरे भने ९ मिनेटपछि उनले अर्को गोल थपे । इन्जुरी समयमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जीत दिलाए ।
२१ खेलपछि लिभरपुलको ४८ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । सिटीको ४३ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा