बेलिङह्यामको प्रेरणामा रियलको उत्कृष्ट पुनरागमन

मड्रिड । जुड बेलिङह्यामको प्रेरणामा रियल मड्रिडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै अल्मेरियामाथि रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।
पाहुना टोलीले पहिलो हाफमा २–० को अप्रत्याशित अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै लार्जी रामाजानीले अल्मेरियालाई अग्रता दिलाए भने एडगर गोन्जालेजले ४३ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५७ औँ मिनेटमा बेलिङह्यामले पेनाल्टीबाट रियलका लागि एक गोल फर्काए भने १० मिनेटपछि भिनिसियस जुनियरले बराबरी गोल गरे । इन्जुरी समयको नवौँ मिनेटमा बेलिङह्यामको पासमा ड्यानी कार्भाहालले रियलको पुनरागमन पूरा गरे ।
जीतसँगै रियल केही समयका लागि ला लिगाको शीर्ष स्थानमा उक्लिए पनि जिरोनाले यस सिजन संघर्षरत सेभियालाई ५–१ गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लियो ।
युक्रेनी स्टाइकर आर्टेम डोभविकले ह्याट्रिक गर्दै ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा बेलिङह्यामसँगै उभ्याएका छन् । दुवैको १४–१४ गोल रहेको छ । २१ खेलपछि जिरोनाको ५२ अङ्क छ भने एक खेल कम खेलेको रियलको ५१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने
-
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
-
आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बोहरा
-
अब्बल प्रदर्शन गर्दै आएको गुजरात र उपाधिको माया मारिसकेको राजस्थानबिच दोस्रो भिडन्त
-
मकवानपुरमा बसको ठक्करबाट एकको मृत्यु
-
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते