रुस नियन्त्रित डोनेस्क सहरमा बमबारी, कम्तीमा २५ जनाको मृत्यु
डोनेस्क । रुस नियन्त्रित पूर्वी युक्रेनको डोनेस्क सहरको भीडभाड भएको बजारमा बमबारी हुँदा २५ जनाको मृत्यु भएको छ । यस क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले युक्रेनी आक्रमणमा अन्य २० जना घाइते भएको बताए ।
यो सहर युद्ध मोर्चाबाट २० किलोमिटर टाढा छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रुसका विदेशमन्त्रीले आक्रमणको निन्दा गर्दै यसलाई सर्वसाधारणमाथि ‘बर्बर आतंकवादी हमला’ भनेका छन् ।
युक्रेनले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। रोयटर्सले सार्वजनिक गरेका तस्बिरहरूले क्षतिग्रस्त पसल र सडकमा शवहरू देखेका छन्।
डोनेस्क सहर र पूर्वी युक्रेनको विशाल क्षेत्र सन् २०१४ मा रुसी समर्थित सशस्त्र समूहहरूले कब्जा गरेका थिए। त्यसयता केही भागमा मस्कोको नियन्त्रण छ।
पछिल्लो दुई वर्षदेखि चलिरहेको युक्रेन र रुसबिचको युद्धको सबैभन्दा पछिल्लो द्वन्द्व डोनेस्क क्षेत्रमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव