गुल्मीमा खुल्लाबाट एकजना महिला मात्रै विजयी
गुल्मी– गुल्मी जिल्लाका २ नगरपालिका, १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट जम्मा एकजना महिलाले मात्र जीत हाँसिल गरेकी छन् । धुर्कोट गाउँपालिका वडानम्वर–२ पिपलधाराको खुल्ला सदस्यमा माओवादी केन्द्रकी ३१ वर्षिया कमला घर्तिले पुरुष उम्मेदवारलाई हराएर ईतिहास रच्न सफल भएकी हुन् । कांग्रेस–माओवादी संयुक्त प्यानलकी उमेदवार घर्तीले रुख चिन्ह लिएर खुल्ला सदस्यमा उमेदवारी दिएकी थिईन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर केसीलाई भारी मत अन्तरले पछाडी पार्दै उनले जित हाँसिल गरेकी हुन् । घर्तिले ७२८ मत ल्याउँदा प्रतिष्पर्धी एमाले उमेदवार केसीले ५९८ मत प्राप्त गरेका थिए । प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासनीका अनुसार विभिन्न राजनैतिक दलले १८६ जनामध्ये जम्मा ९ जना महिलालाई खुल्ला सदस्यको उम्मेदवार खडा गरेका थिए ।
यस्तै १८५ जना पुरुषले खुल्ला सदस्यबाट जितेका छन् । जिल्लाभर खुल्ला सदस्यका लागि ९ जना महिला र ५०२ जना पुरुषको उमेदवारी परेको थियो । गुल्मीमा महिलाहरुको मत संख्या हेर्ने हो भने पुरुषको भन्दा ८ हजार ६ सय १५ ले बढि छ । जिल्लाको कुल मत सख्या १ लाख ८० हजार ७ सय ७५ मध्ये महिलाको मत सख्या ९४ हजार ७ सय ५९ रहेको छ भने पुरुषको मतसख्या ८६ हजार १५ रहेको छ ।
पुरुषलाई हराउने आँट थियो, पुरा गरें
नवनिर्वाचित वडासदस्य घर्तिले सुरुमा वडाध्यक्षको उमेदवारी दावी गरेकी थिइन् । माओवादी केन्द्रले पनि उनलाई वडानम्वर २ को वडाध्यक्ष उमेदवार खडा गरेको पनि थियो । पछि कांग्रेससँग तालमेल हुँदा उनलाई महिला सदस्यमा उठ्न आग्रह गरिएको उनले बताइन् ।
‘म जस्तो सक्षम महिलाले नै आरक्षणमा लड्ने हो भने अरु महिलाले के गर्ने ? भन्ने प्रश्न गरें’– घर्तिले भनिन्–‘खुल्लामै लड्छु नत्र उमेदवारी नै दिन्न भनेर अड्डी लिएँ र खुल्लाबाटै पुरुषलाई हराउने मेरो आँट पुरा पनि भयो । ’ साविकको पिपलधारा–२ निवासी घर्ति , धुर्कोटरजस्थलको धुर माध्यामिक विद्यालयमा र पछि जैसीथोकको पञ्चायन माध्यामिक विद्यालयबाट एसएलसी पास गर्ने बेला सम्मको अनुभव स्मरण गर्दै पत्रकार भरत पाण्डेले उनि विद्यार्थी कालमा पनि पुरुष विद्यार्थी साथीहरुसँग कडा रुपमा प्रस्तुत हुने गरेको वताए ।
जिल्ला खेलकुद विकास समितिको सदस्यबाट राजिनामा दिएर चुनावमा लडेकी घर्ति माओवादी केन्द्र गुल्मीकी जिल्ला सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने