म्यान्मासँगको सीमामा तारबार लगाउने भारतको योजना

नयाँदिल्ली । भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएको छ । विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो ।
शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, “सरकारले पूरै खुला भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको छ ।” भारत र म्यान्माबिच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । कुनैबेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताए ।
उक्त सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ । सीमावर्ती क्षेत्रमा कयौँ मानिसबिच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ । टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भने, “हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।” सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ ।
नोभेम्बरमा अराकान आर्मी (एए) लडाकूहरूले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्माका केही भागमा लगातार झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ । अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो ।
यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागु भएको छैन । यहाँ लडाइँ जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली
-
ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै