पहिचान आन्दोलन : फेरियो शेखर कोइरालाको बोली
_t5LnTqg6ZM.jpg)
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचानको आन्दोलनको विषयमा आफ्ना बोलीहरू फेर्दै गएका छन् । उनले यसअघि पहिचानको आन्दोलनबारे अनुदार अभिव्यक्ति दिँदै आएका थिए ।
तर, गत माघ २ गते मोरङको सुन्दरहरैचामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आफू पहिचानको पक्षमा भएको अभिव्यक्ति दिएका थिए । ‘पहिचानको लडाइँ अहिले पनि चलिरहेको छ । त्यो पहिचानको लडाइँमा नेपाली काँग्रेस तपाईँहरूको पक्षमा छ भन्ने कुरा बुझ्नुप-यो’ उनले त्यसबेला भनेका थिए, ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं । द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने संघीयताको मोडल आवश्यक छ ।’ गत पुस महिनामा पनि पाँचथरमा आयोजित एक कार्यक्रममा कोइरालाले आफू पहिचानको पक्षमा भएको अभिव्यक्ति दिएका थिए ।
यसअघि भने कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै पहिचानको विषय सरकार प्रमुखबाटै उठाएर जातीय द्वन्द्व निम्त्याउन खोजिएको आरोप लगाउने गरेका थिए । ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक खासियत लडखडाएको छ,’ उनले गत भदौ ९ गते आयोजित एक कार्यक्रममा भनेका थिए । कोइरालाको यो अभिव्यक्ति आदिवासी जनजाति दिवसमा प्रचण्डले दिएको अभिव्यक्ति प्रति लक्षित थियो । यस्तै प्रचण्डले कोशीमा मतदान गरेर माओवादीले गल्ती गरेको पनि बताएका थिए । त्यसपछि निरन्तर प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै आलोचनाको भाषण गर्ने कोइरालाले आइतबार भने पहिचानवादीलाई विराटनगरस्थित कोइराला निवासमै बोलाएर आफू पहिचानको पक्षमा भएको सन्देश दिए ।
‘म तपाईँहरूले उठाएको माग र मुद्दामा सहमत छु । म पनि पहिचानको पक्षमा छु । त्यसका सँगसँगै आदिवासी, जनजातिहरुको भाषा, संस्कार, संस्कृति संरक्षणको आन्दोलन पनि सँगसँगै उठाउन अनुरोध गर्दछु,’ कोइरालाले भनेको कुरा उद्धृत गर्दै एक प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले भने, ‘त्यसमा मेरो पूर्ण सहमति हुनेछ ।’
कोइरालाले आफूहरूलाई बोलाएको थेगिमले बताए । ‘उहाँले नै बोलाउनु भएको थियो । उहाँले प्रदेशमा चलिरहेको आन्दोलन कहाँ पुर्याउनु भयो । कसरी चलिरहेको छ । सरकारले वार्ताको लागि कस्तो पहल गरिरहेको छ भनेर जानकारी लिनुभयो,’ थेगिमले भने ।
त्यसक्रममा कोइरालाले ‘पहिचानको आन्दोलन जायज छ । अहिले नामकरणको कुरा मात्रै उठाइरहनु भएको छ । नामकरणको साथसाथै आफ्नो हक अधिकारको कुराहरू पनि सँगसँगै लानुपर्छ । म तपाईँहरूको पक्षमा अगाडि देखि नै छु, अहिले पनि छु र भविष्यमा पनि साथैमा रहने छु भन्नुभएको छ,’ कोइरालाको भनाई उद्धृत गर्दै नेता अर्जुन जम्नेली राईले भने ।
त्यसक्रममा कोइरालाले नाम सच्याउन पहल गर्नु प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘उहाँले मेरो तर्फबाट नाम सच्याउने विषयमा पहल गर्छु । शीर्ष नेतासँग पनि कुरा गर्छु । मेरो पूर्ण समर्थन रहनेछ भन्नुभएको छ,’ थेगिमले भने ।
डाक्टर कोइरालासँगको भेटमा थेगिमसँगै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, अरू पहिचानवादी नेताहरू अर्जुन जम्नेली राई, रामभक्त कुरुङवाङ, जनमुक्ति पार्टीका नेता, किरात राई यायोख्खाका प्रतिनिधिहरू गरी ६ जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची