प्रधानमन्त्री कप क्रिकेट : जितको नतिक पुगेर चुक्यो आर्मी, पुलिसले १३ रनले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको दुई विभागीय क्लबबिचको भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको पुलिस क्लबले हासिल गरेको यो लगातार तेस्रो जित हो । चौथो खेल खेलेको आर्मी क्लबको भने यो दोस्रो हार हो । आर्मी क्लब यसअघि दुई खेलमा विजयी भएको थियो ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ३३ मध्ये ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले ३२.२ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।
खराब मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको कारण उक्त खेल ३३–३३ ओभरमा झारिएको थियो । आर्मी क्लबले पालीको खराब सुरुआत गरेको थियो । आर्मी क्लबले तीन रनको कुल स्कोरमै आफ्नो तीन विकेट गुमाएको थियो । आर्मी क्लबका माथिल्ला तीन ब्याट्सम्यान इमरान शेख, सन्तोष कार्की र सन्दीप रजाली खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान भीम सार्की र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले गतिलो साझेदारी गर्दै टोलीको स्कोरलाई ९२ रनसम्म डोर्याएका थिए । चौथो विकेटका रुपमा कुशल मल्ल ३५ रन बनाउँदै आउट भए । उनले ४८ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किनुअघि भीम सार्कीले टोलीका लागि अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५२ रन थपे । उनले ७६ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए ।
कप्तान विनोद भण्डारीले १९ रन बनाए । बसिर अहमद शून्य रनमै आउट भए भने बिवेक यादबले दुई रन जोडे । सोमपाल कामीले तीन र साहब आलमले तीन रन बटुले । जितेन्द्र मुखिया तीन रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा १० रन पाएको थियो । पुलिस क्लबका बलर सागर ढकाल र ललित राजवंशीले तीन–तीन विकेट लिए । रासिद खानले पनि दुई विकेट हात पारेका थिए । दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट लिए । त्यसअघि पुलिकाका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले अर्धशतक (५२ रन) बनाएका थिए । उनले ८० बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । अर्जुन साउद १० रन बनाउँदै आउट भए ।
अर्का ओपनर कुशल भुर्तेलले भने खातासम्म खोल्न सकेनन् । दिलिप नाथ पनि शून्य रनमै पेभेलियन फर्किए । आरिफ शेखले टोलीको खातामा १८ रन थपे । शंकर राणा पाँच रन बनाउँदै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् ।
रासिद खानले १३ रन बटुले । करण केसी १० रन बनाउँदै आउट भए । सागर ढकाल तीन रनमा अविजित रहे । ललित राजवंशीले खाता खोल्न सकेनन् । विभागीय टोली पुलिस क्लबले अतिरिक्त रुपमा १६ रन पाएको थियो ।
आर्मी क्लबका बलर सोमपाल कामीले चार विकेट लिए । उनले ६ ओभरमा तीन मेडन राख्दै केवल १२ रन खर्चिए । साहब आलम र बिवेक यादबले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट भने कुशल मल्लले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
-
ऊर्जा मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि इप्पानद्वारा १७ बुँदे सुझाव
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै