शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

विद्यार्थी नेताहरू नेताकाे स्तुतीगान गर्न छाेडेर देश बनाउन जुट्नु पर्छ: मुख्यमन्त्री कार्की

आइतबार, ०७ माघ २०८०, १६ : ५४
आइतबार, ०७ माघ २०८०

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरू झण्डा बाेक्न र नेताकाे स्तुतीगान गर्न छाेडेर विद्यार्थीकाे समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला आएकाे बताएका छन् ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयाेजना गरेकाे राष्ट्रिय प्रविधि मेला ´डेल्टा ४.०`काे समापन कार्यक्रममा आइतबार मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले अब नेताकाे पछि लाग्नुभन्दा पनि समाज  र देशकाे लागि काम गरेर नमूना प्रदशर्न गर्नुकाे विकल्प नभएकाे बताएका हुन् । ´अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयाे भनेर लेख्दै चित बुझाइरहेकाे अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ,` उनले भने, ´समाजिक सञ्जालमा भ्रष्टाचार भएकाे पाेष्ट्याएर फेरि नेताकाे स्तुति गानमा लाग्ने गरेकाे देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालकाे पाेष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्लैन ?`

क्याम्पसलगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलाे भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाएका छन् । ´शैक्षिक संस्थालाई ज्ञानकाे मन्दिर बनाइराख्न विद्यार्थी नेताकाे भूमिका खाेइ ?, के विद्यार्थी नेताकाे काम नेताहरूकाे घर चहार्ने र स्तुतिगान मात्रै हाे ?,` उनले भने, ´अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुकाे विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलाेलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ ।`

संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिकाे गहन अध्ययनले वैज्ञानिक भएकाे सबै विद्यार्थीहरूले पढ्ने गरेकाे तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेकाे दैखेर उदेक लागेकाे मुख्यमन्त्री कार्कीले बताए ।

उनले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेकाे एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूकाे फरक ढंगले प्रदेश सरकारसँगकाे सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप