बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

आईसीसी यू–१९ विश्वकप : नेपालविरुद्ध २५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर १०५ रन

आइतबार, ०७ माघ २०८०, १५ : ४०
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबार खेलिएको नेपालविरुद्धको खेलमा न्युजिल्यान्डले २५ ओभर सकिँदासम्म तीन विकेट गुमाएर एक सय पाँच रन बनाएको छ । न्युजिल्यान्डका स्नेहिथ रेड्डी अविजित ३१ र कप्तान ओस्कर ज्याकसन अविजित १७ रन बनाउँदै क्रिजमा छन् ।

त्यसअघि नेपाली बलर सुवाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले एक–एक विकेट लिएका थिए । न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनलाई सुवाष भण्डारीले बोल्ड गरेका थिए । त्यतिबेला न्युजिल्यान्डले ५३ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । टमलाई तिलक भण्डारीले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो ।

यसैगरी तेस्रो विकेटका रुपमा ओलिभर टेवाटिया शून्य रनमै पेभेलियन फर्किएका थिए । उनलाई दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । त्यतिबेला न्युजिल्यान्डले ६७ रन बनाएको थियो ।

उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेलिरहेको हो । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुई पटक न्युजिल्यान्डलाई हराइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप