आईसीसी यू–१९ विश्वकप : नेपालविरुद्ध १५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर ६९ रन
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबार खेलिएको नेपालविरुद्धको खेलमा न्युजिल्यान्डले १५ ओभर सकिँदासम्म तीन विकेट गुमाएर ६९ रन बनाएको छ । नेपाली बलर सुवाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले एक–एक विकेट लिएका हुन् ।
न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनलाई सुवाष भण्डारीले बोल्ड गरेका थिए । त्यतिबेला न्युजिल्यान्डले ५३ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो ।
टमलाई तिलक भण्डारीले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो । तेस्रो विकेटका रुपमा ओलिभर टेवाटिया शून्य रनमै पेभेलियन फर्किएका थिए । उनलाई दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । त्यतिबेला न्युजिल्यान्डले ६७ रन बनाएको थियो ।
उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेलिरहेको हो । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी