मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद

संसदको महासचिव नियुक्त गर्न शीतलनिवास पुग्यो ‘रिमाइन्डर पत्र’

आइतबार, ०७ माघ २०८०, १४ : २८
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् । यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाएका हुन् ।

सभामुख घिमिरेले माघ  ४ गते स्मरण पत्र पठाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्ममप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका सिफारिस गरेका थिए ।

तर, राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राखेका थिए । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेपनि पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको थियो । सोहीकारण देखाउँदै राष्ट्रपतिले पाण्डेयको नियुक्ति होल्डमा राखेको बुझिएको छ ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुख घिमिरेले महासचिव नियुक्तीबारे स्मरणपत्र प्राप्त भएको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘महासचिव नियुक्तिबारे के भइरहेको छ भनेर स्मरण पत्र प्राप्त भएको छ ।’  महासचिव नियुक्तिको प्रक्रिया अहिले राष्ट्रिय सभा निर्वाचनका कारण अघि बढ्न नसकेको भन्दै निर्वाचनपछि प्रक्रिया बढ्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप