अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ ।
यो फिचर आएपछि युजरहरूले सजिलै ठुला फाइल पनि ट्रान्सफर गर्न सक्नेछन् । कम्पनीले एपमा फाइल ट्रान्सफर फिचर ल्याउँदै छ । ह्वाट्सएपको अपकमिङ फिचरहरूलाई ट्र्याक गर्ने वेबसाइट वाबेताइन्फोले यो फिचरको जानकारी दिएको हो । यो फिचर थपिएपछि प्रयोगकर्ताले एपमा आफूसँग जोडिएकाहरूलाई फाइल पठाउन सक्नेछन् ।
उसका लागि एपमा नयाँ अप्सन पिपल नियरबाइको अप्सन हुनेछ । यो फिचर अहिले परीक्षणको चरणमा छ । यो फिचर आएपछि भने एउटा अप्सनमा क्लिक गर्ने बित्तिकै युजरले फाइल शेयर गर्न सक्नेछन् । तर यो फिचर पठाउने व्यक्ति र पाउने व्यक्ति दुवैको फोनमा इनेबल भएको हुनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी
-
एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा
-
यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन्: श्रेष्ठ
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु